

कास्की । डेङ्गी सङ्क्रमणबाट गण्डकी प्रदेशमा अहिलेसम्म सात जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार डेङ्गीका कारण गएको साउनयता गण्डकीमा तीन पुरुष र चार महिला गरी सात जनाको ज्यान गएको हो ।
सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवम् वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेङ्गी सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै अहिलेसम्म ६ हजार चार सय ५२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी कास्कीमा ६ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कात्तिक महिनाभरि डेङ्गी सङ्क्रमणको बढी जोखिम रहेकाले सचेत हुन मन्त्रालयले आग्रह गरेको छ । चाडपर्वको समयमा एक ठाउँबाट अर्को ठाउँमा जाने मानिसहरूको चहलपहल धेरै हुने भएकाले पनि डेङ्गी अझै फैलिनसक्ने डाक्टरहरूले बताएका छन् ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७