

एजेन्सी । गाजा पट्टीमा इजरायलको चलिरहेको आक्रमण एक वर्ष पहिले अक्टोबर ७, २०२३ को दक्षिणी इजरायली सीमामा हमासको आक्रमणको प्रतिक्रियामा शुरु भएको थियो। गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्युको संख्या अहिले झन्डै ४२ हजार पुगेको छ। चोटपटक भएकाको संख्या एक लाखको नजिक छ। गाजा पट्टीमा युद्धले बालबालिकालाई ठूलो नोक्सान गरिरहेको छ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको सेप्टेम्बरको अनुमान अनुसार १४ हजार भन्दा बढी बालबालिका मारिएका छन्। गाजाका बालबालिकाहरूले युद्धको दर्दनाक अनुभवहरूको सामना गरेका छन्।
गाजा पट्टीको अवस्था सामूहिक विवेकमा बढ्दो दाग रहेको मध्यपूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफ क्षेत्रीय निर्देशक एडेल खोडरले बताए। युद्धमा मानिसलाई मार्ने हतियार भएको उनको भनाइ छ। ल्यान्सेटमा प्रकाशित हालैको अध्ययनका अनुसार इजरायलले गरेको हिंसाले गाजामा १ लाख ८६ हजारभन्दा बढी मानिसको ज्यान लिन सक्छ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७