TRENDING

आजदेखि खसीबोका र च्याङग्राको बिक्री शुरु

काठमाण्डौ  । खाद्य कम्पनीले आजदेखि खसीबोका र च्याङग्राको बिक्री शुरु गर्‍याे : किलोमा १० रुपैयाँ छुट

काठमाण्डौ . दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका र च्याङग्राको बिक्री गर्न शुरू गरेको छ । विगत वर्षहरुमा खाद्यले घटस्थापनादेखि नै बिक्री शुरु गर्ने गरेकोमा यसवर्ष वर्षा,बाढी र पहिरोका कारण केही दिन ढिला गरी बिक्री शुरू भएको हो ।

खाद्य कम्पनीको थापाथली प्रादेशिक कार्यालयका प्रमुख ज्ञानु थापाका अनुसार थापाथलीबाट आज बिहान ८ बजेदेखि खसीबोका र च्याङग्रा बेच्न थालिएको छ । कम्पनीले प्रतिकिलो खसीबोकाको ६ सय ७० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा किलोमा १० रुपैयाँ छुट दिएको छ । खाद्यमा खसीबोका किलोको ६ सय ६० रुपैयाँ पर्छ ।

यस्तै च्याङ्ग्रा किलोको एक हजार २ सय ३० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा १० रुपैयाँ छुुट दिएर एक हजार २ सय २० रुपैयाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार च्याङग्रा गएको वर्षभन्दा किलोमा ३० रुपैयाँले सस्तो भएको छ ।