

काठमाडौं । यातायात व्यवसायीहरुले दशैँका लागि लामो दूरीको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन्। बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन समस्या हुने भन्दै बुकिङ बन्द गर्ने तयारी भएको हो।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो वर्षाले बस सञ्चालन गर्न समस्या भएकाले आजै सरकारसँग छलफल गरेर बुकिङ बन्द गर्ने तयारी भएको बताए।
त्यसका लागि दिउँसो तीन बजे यातायात व्यवस्था विभागसँग उनीहरूले छलफल गर्दैछन्। काठमाडौं जोड्ने मख्य नागढुंगा क्षेत्रमा हिजादेखि सवारी आवागमन सुरु भए पनि गन्तब्यमा पुग्न सकेका छैनन्। हिजो साँझ काठमाडौंबाट हिंडका गाडी नागढुंगा कट्न नपाएको उनको भनाइ छ।
यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए। तर, बाढीपहिरोले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ। सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भइरहेको छ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७