TRENDING
होमपेज
सुनको भाउ तोलामा एक लाख ६० हजार रुपैयाँ नाघ्यो


काठमाण्डौ । सुनको भाउ तोलामा एक लाख ६० हजार रुपैयाँ नाघेको छ । भाउ बढेर सुनले आज पनि कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा सात सय रुपैयाँले बढेको हो । पछिल्लो केही दिनयता सुनको भाउ निरन्तर बढिरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय १५ रुपैयाँ रहेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७