TRENDING
होमपेज
उपचुनावका लागि दल दर्ता आह्वान


काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तहको उपचुनावका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर भोलिदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।
निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ अनुसार दल दर्ता आह्वान गरेको जनाएको छ । निर्वाचन आयोगको कार्यालय कान्तिपथ काठमाण्डौमा दल दर्ताका लागि निवेदन दिन सकिनेछ ।
दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली–२०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ । स्थानीय तहको उपचुनाव आउँदो मङ्सिर १६ मा हुँदैछ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७