TRENDING
होमपेज
दशैँको घटस्थापना अघि मेलम्चीको पानी काठमाण्डौ ल्याउने तयारी


काठमाण्डौ । काठमाण्डौका बासिन्दाले दशैँको घटस्थापना अघि मेलम्चीको पानी पाउने भएका छन् । दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले दिनुभएको निर्देशनअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ ।
काठमाण्डौमा जतिसक्दो चाँडो मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो । अहिले काठमाण्डौमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत गर्ने काम भइरहेको छ ।
वर्खायाम शुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाण्डौ उपत्यकामा गएको असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाण्डौमा पानी वितरण गर्ने योजनाअनुसार तयारी भइरहेको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७