

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज राजीनामा दिनु हुने भएको छ । उहाँले जाँड–रक्सीजन्य पदार्थसम्बन्धी घोटाला प्रकरणमा जमानत प्राप्त हुनासाथ पदबाट राजीनामा दिने बताउनुभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गएको २१ मार्चमा पक्राउ परेर लामो समय तिहाड जेलमा बिताउनुभएका केजरीवालले राजीनामा दिन लाग्नुभएको हो । उहाँको आम आदमी पार्टीले अब नागरिकबाट इमानदारिताको प्रमाणपत्र लिएर मात्रै पदमा फर्किने बताएको छ । केजरीवालले दुई दिनअघि राजीनामाको घोषणा गर्नुभएको थियो ।
आम आदमी पार्टीले आजै नयाँ मुख्यमन्त्रीको नाम चयन गर्नेछ । केजरीवालकी पत्नी सुनिता केजरीवाल मुख्यमन्त्री बन्ने चर्चा भइरहे पनि सम्भावना भने कम रहेको भारतीय सञ्चारमाध्यम ुद हिन्दूु ले जनाएको छ । नयाँ मुख्यमन्त्रीका रूपमा सुनितासहित आतिशी सिंह, गोपाल राय तथा कैलाश गहलोतको चर्चा भइरहेको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७