

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ ।
२०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो । अस्पतालका निर्देशक डा। सन्तोष पौडेलका अनुसार आजबाट ‘जलन उपचार केन्द्र’ बाट सुरु गरिएको छ । जसमा १० जनरल बेड, ५ आइसियू र तीन वटा अप्रेशन थिएटर रहेका छन् ।
नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा। केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए ।
हाल नेपालमा सबैभन्दा बढी सेवा दिइरहेको कीर्तिपुर अस्पतालमा शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ ।अस्पताल बसाई लामो र जलनको बिरामीको स्वास्थ्य अवस्था जटिल हुने भएकाले उपचार खर्चिलो हुन्छ । एक अध्ययनअनुसार जलेका बिरामीको ६० प्रतिशतभन्दा बढी पैसा औषधि किन्दा सकिन्छ ।सरकारले जलनका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको छैन । डा। पौडेलका अनुसार शुक्रबार जलन उपचार केन्द्र उद्घाटन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनका बिरामीलाई १ लाख सहुलियत दिने आश्वासन दिएका छन् ।
‘सरकारले ८ वटा कडा रोग लागेका बिरामीलाई एक लाख सहुलियत दिँदै आएको छ । जसमा जलनका बिरामीलाई समावेश गर्दै नीतिगत निर्णय गरेको जानकारी दिनुभएको छ,’ डा। पौडेलले भने, ‘यसो हुँदा गम्भीर जलन भएका बिरामीलाई निःशुल्लक उपचार गर्न सकिन्छ कि ।’
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७