

काठमाण्डौ । एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे त्रिभुवन आर्मी र बाग्मती युथ क्लव खेल्दैछन् । आर्मीले आफ्ना तीनमध्ये २ खेलमा जित र एकमा हारको नतिजा निकालेर ६ अङ्क जोडेको छ । बाग्मतीले यसअघि एक खेलमा मात्र जित निकालेको छ ।
यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो साढे ३ बजे वालिङ नगरपालिका र सशस्त्र प्रहरी बलको एपीएफ क्लब खेल्दैछन् । एपीएफले तीन खेलमध्ये २ मा जित र एकमा बराबरी खेल्दै ७ अङ्क जोड्दा वालिङ नगरपालिकाले समान तीन खेलमा २ जितसहित ६ अङ्क जोडेको छ ।
यसअघि हिजो बुधवार भएको खेलमा नेपाल पुलिस क्लब कोशी प्रदेशलाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पुलिसको ४ खेलमा १० अङ्क छ । कोशी ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ । आर्मी , वालिङ नगरपालिका र बाग्मतीको समान ६ अङ्क छ । १० टोली सहभागी लिगको शीर्ष ५ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७