TRENDING

आज दर खाने दिन

काठमाडौं । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला बिहीबार दर खाने तयारीमा छन्। दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन पछाडि परको छ।
पञ्चांगहरूले यो वर्ष दुई दिन औँसी रहेको उल्लेख गरेका थिए। त्यसैकारण औँसीको तेस्रो दिन द्वितीय तिथि परेको हो।भाद्र शुक्ल द्वितीयाका दिन नीराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ।

दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन्।

भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खीर, ढकने, गुँदपाक र मिठाईजस्ता परिकार खाइन्छ।