TRENDING

बागमती प्रदेशमा विषयगत समितिबाट दुई विधेयक पारित

काठमाडौ । बागमती । बागमती प्रदेशसभा अन्तर्गतका विषयगत समितिहरुले लामो समयदेखि विचाराधीन दुई विधेयक टुङ्गो लगाएका छन् ।

आज बसेको प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिले दफावार छलफल पश्चात विगत एक वर्षदेखि विचाराधीन प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने गरी टुङ्गो लगाएको हो ।

विधेयकका ३० वटै दफामाथि दफावार छलफल पश्चात सर्वसम्मतबाट उक्त विधेयक पास गरेको समितिका सभापति आनन्दकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त विधेयक गत २०८० असोजमै समितिमा दर्ता भए पनि सत्ता परिवर्तन, बजेटलगायत कारणले विधेयकमाथि छलफल अघि बढ्न सकेको थिएन ।