TRENDING
होमपेज
गोसाईंकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा


रसुवा । भोलि जनैपूर्णिमाका दिन रसुवाको गोसाईंकुण्डमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाईंकुण्डमा मेलाको तयारी पूरा भएको र यसपाली बिजुली बत्ती पनि बालिएकाले तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् ।
तीर्थयात्रीको उपचारका लागि धुञ्चेको शिवमन्दिर चोकमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । साथै मिनि गोसाईंकुण्ड, चोलाङपाटी, लौरीविनायक र गोसाईंकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।
गोसाईंकुण्ड मेला भर्न आउनेको सुरक्षाका लागि एक सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन तथा बिरामी यात्रीको उद्धार गर्न उद्धार समूहकोसमेत व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए ।
विकासबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७