TRENDING

बंगलादेशमा हिंसात्मक बन्दै आन्दोलन

काठमाडौं । बंगलादेशमा भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा ८३ जना भन्दा बढीको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारीहरुबीच आइतबार दिनभर हिंसात्मक झपप भएको थियो।

वंगलादेशमा विद्यार्थी नेताहरुले सरकारविरुद्ध नागरिक अबज्ञाको आव्हान गरेसँगै भएको देशव्यापी प्रदर्शनमा अझ धेरै मानिसहरुको मृत्यु भएको हुनसक्ने विवीसीले जनाएको छ।

आन्दोलनमा प्रहरीले अश्रुग्याँस र रबरका गोलीहरु हानेको थियो। घटनामा २०० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

बंगलादेश सरकारले राति कर्फ्यु लगाउने घोषणा गरेको छ।

यसअघि हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामूहिक विरोध प्रदर्शनका लागि मध्य ढाकामा भेला भएका थिए।

राष्ट्रव्यापी नागरिक अवज्ञा अभियानका प्रमुख प्रदर्शनकारीमध्ये एक आसिफ महमुदले समर्थकहरूलाई सरकारविरुद्ध लड्न तयार हुन आग्रह गरेका छन्।

सेनाले आरक्षण प्रणालीको चर्को विरोधका बीच सरकार पुनर्स्थापना गर्न मद्दत गरिरहेको बेला केही पूर्व सैन्य अधिकारीहरू भने विद्यार्थी आन्दोलनमा सामेल भएका छन्।