

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य करेक्सन देखिएको छ । आज नेप्से ५.२९ अंकले घटेर दुई हजार ७५५.२९ बिन्दुमा बजार बन्द भयो । आज शेयर बजारले २८ सय बिन्दुको आकडा पार गरेको थियो । उतारचढावका बीच दिउँसो १२स्३१ मा २८०० बिन्दुभन्दा माथि पुगेको शेयर बजार दिउँसो १२.३९ मा २८०५.७१ बिन्दुमा पुगेको थियो । त्यसपछि उतारचढावका बीच घट्दै गएको नेप्से कारोबार समय ८ मिनेट मात्र बाँकी रहँदा केही अंकले बढेर बजार बन्द भएको हो ।
नेप्सेमा करेक्सन देखिए पनि आज पनि शेयर बजारमा उच्च रकमको कारोबार भएको छ । आज २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर खरिदबिक्री भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । हिजो नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख बराबरको करोबार भएको हो । यो कारोबार हालसम्मकै उच्च हो ।
आजको कारोबार हालसम्मकै उच्च कारोबारमा दोस्रो हो । यसअघि २०७८ साउन ३१ गते आइतबार नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको करोबार भएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७