

काठमाडौं । एक हप्ताअगाडि गायक शिव परियार र समीक्षा अधिकारीको स्वरमा एउटा गीत रिलिज गरियो । गीतको बोल छ, ‘धोकेबाज’ । युवराज मगर युट्युब च्यानलबाट रिलिज गरिएको गीतको भिडियो पनि छ ।
पछिल्लो समय बजारमा जस्ता गीत चलिरहेका छन्, त्यसैलाई फलो गरेको देखिएको छ । रवीन लामिछानेको शब्द रहेको गीतमा संगीत युवराज मगरको छ ।
प्रेम र वियोगको सेरोफेरोमा गीत केन्द्रित छ । माया र विश्वास गरेको व्यक्तिबाट नै धोका पाएको सन्दर्भलाई समेटेको गीतका शब्द काव्यिक छैनन् । आमनेपालीले गाली गर्दा प्रयोग गर्ने शब्द ‘साला’ समेत गीतमा छ । यसबाहेक शब्दमा आपत्ति जनाउनुपर्ने ठाउँ छैन ।
सन्दर्भअनुसार हल्का शब्द गीतमा प्रयोग छ । युवालक्षित गीत भएकाले शब्द पनि सोहीअनुसारको छ । यही गीतलाई लिएर यति बेला शिव परियारको आलोचना भइरहेको छ । गीतको भिडियो अपलोड गरिएको युट्युब कमेन्टमै शिवको आलोचना भइरहेको छ । धेरैजसोले शिवको अहिलेसम्मकै ‘झुर’ गीत भनेर कमेन्ट गरेका छन् ।यस विषयमा शिव भन्छन्, “गाना मैले गाएको हो, भिडियो मैले निर्माण गरेको होइन ।”
आफू गायक मात्र भए पनि भिडियोसँग जोडेर गाली गरिएको उनको गुनासो छ । “भिडियो निर्माणमा मेरो कुनै पनि संलग्नता छैन । तर, गायक मात्र होइन, डिरेक्टर पनि यही हो भनेजसरी कुरा भइरहेको छ,” उनी भन्छन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७