

नेपालमा एक वर्षमै १२ हजार वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडीको आयात भएको छ । गएको आर्थिक वर्ष २०८०÷८१ मा नेपालमा १२ हजार वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडीको आयात भएको हो ।
भन्सार विभागका अनुसार गएको वर्ष विभिन्न देशबाट १२ हजार एक सय ४७ वटा विद्युतीय गाडी नेपालमा भित्रिएका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०७९८० को भन्दा एक सय ९२ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा चार हजार पाँच सय १३ वटा विद्युतीय गाडी भित्रिएका थिए ।
समग्रमा गएको आर्थिक वर्षमा ३३ अर्ब ७८ करोड रुपैयाँ बराबरका चार पाङ्ग्रे विद्युतीय गाडी आयात हुँदा सरकारले १४ अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
गएको वर्ष नेपालमा आयात भएका १२ हजार एक सय ४७ वटा गाडीमध्ये ७२ प्रतिशत चीनबाट आयात भएका छन् । चीनबाट नौ हजार पाँच सय ११ वटा विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । चीनबाट आयात हुने गाडीमध्ये बीवाईडीको हिस्सा सबैभन्दा धेरै छ । चीनबाट ओमोडा, एमजी, डिपल, सेरेस, किङलङ, केवाईसी, नेटा, ग्रेट वाल मोटर्स लगायत गाडी भित्रिएका छन् ।
यस्तै नेपालमा आयात भएका विद्युतीय गाडीमध्ये भारतबाट तीन हजार चार सय ३६ वटा आयात भएका छन् । भारतबाट टाटा, सिट्रोन, महिन्द्रा जस्ता ब्रान्डका गाडी पनि भित्रिएका छन् । यसैगरी कोरिया, इन्डोनेसिया लगायतका देशबाट पनि विद्युतीय गाडीको आयात भएको छ ।
विकासबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
गाईपालन व्यवसायबाट मनग्य आम्दानी
अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने, थाल्यो तयारी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७