

काठमाडौँ । यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय ११ कम्पनीको चार करोड सात लाख ४७ हजार दुई सय २६ कित्ता शेयर एक लाख ८८ हजार आठ सय ६५ पटक खरिदबिक्री हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार तीन सय १४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह एक दशमलव १६ र होटल तथा पर्यटन समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै व्यापार समूहको उपसूचक तीन दशमलव ०९ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव २१, विकास बैंक शून्य दशमलव ५६, जलविद्युत एक दशमलव ५७, लगानी शून्य दशमलव ८३, जीवन बीमा शून्य दशमलव ३१, उत्पादन तथा प्रशोधन एक दशमलव २४ र लघुवित्त एक दशमलव २४ प्रतिशतले घटेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७