TRENDING

त्रिशूली नदीमा हराएका बस र यात्रु खोज्न भारतीय उद्धारकर्ताको टोली पनि सहभागी

काठमाण्डौ । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा वेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि भारतीय उद्धारकर्ताको १२ सदस्यीय टोली पनि सहभागी भएको छ ।

हिजो चितवन आएको चार जना गोताखोरसहित १२ सदस्यीय भारतीय टोली पनि सहभागी भएका गृह मन्त्रालयअन्तर्गतको कमाण्ड पोष्टका संयोजक एवम् गृह मन्त्रालयका सह–सचिव डा. भिष्मकुमार भुषालले जानकारी दिनुभयो ।

भारतको ुराष्ट्रिय आपदा मोचन बलु एनडीआरएफ का प्राविधिकसहितको टोलीले ल्याएको सोनार क्यामराले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्न सक्ने बताइएको छ । भारतीय टोली एक हप्ता खोजीमा संलग्न हुने छ । असार २८ गते शुक्रवार भएको घटनापछि दुइवटै वस र यात्रु हराइरहेका छन् ।