TRENDING
होमपेज
बङ्गलादेशबाट फर्किन थाले नेपाली विद्यार्थी


एजेन्सी । बङ्गलादेशमा जारी विद्यार्थी आन्दोलनका कारण प्रभावित नेपाली विद्यार्थी स्वदेश फर्किन थालेका छन्। बङ्गलादेशबाट आइतबार ५७ विद्यार्थी काठमाडौं आइपुगेका छन्। उनीहरू बाङ्लादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेज लगायत स्थानबाट स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए।
उनीहरूलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीलाई सहजीकरण गरिरहेको छ। बाङ्लादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरू नेपाली विद्यार्थीलाई सुरक्षित वातावरणमा राख्न तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गरिरहेको राईले बताए।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७