TRENDING
होमपेज
काठमाण्डौ महानगरले यसरी गर्दैछ न्युरोडमा फुटपाथ विस्तार


काठमाण्डौ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएसँगै काठमाण्डौ महानगरपालिकाले आजदेखि न्युरोडको सडक भत्काउन थालेको छ ।
महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालयको हस्तक्षेपका कारण रोकिएको थियो । उच्च अदालत पाटनले अस्ति आइतवार अन्तरिम आदेश दिएपछि महानगरले फेरि फुटपाथ विस्तारको काम शुरु गरेको हो ।
केही महिनाअघि महानगरले न्युरोडमा सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रक्रिया अगाडि बढाएको थियो । कालोपत्रसमेत काटेर काम शुरु गरिसकेको अवस्थामा सडक डिभिजन काठमाण्डौले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै विस्तारमा रोक लगाएको थियो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७