TRENDING

सुनको मूल्य हालसम्मकै उच्च,तोलाको कति 

काठमाडौँ । आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।