TRENDING

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

काठमाडौ । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी बर्दघाट–सुस्तापूर्व मा सडक भासिँदा राजमार्ग बन्द भएको छ । हिजो बेलुकादेखि परेको पानीले गएराति गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्व का सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी नै बन्द भएको जानकारी दिनुभयो । अवरुद्ध सडकमा ट्रक फसेको छ । त्यसलाई हटाउने र सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।