

काठमाडौ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विश्वासको मत लिँदैछन् ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज आफ्ना सबै सांसदलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले लिने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
‘मिति २०८१ साल असार २८ गते शुक्रबारका दिन बिहान ११ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन ह्विप जारी गरिन्छ।’ पार्टीका प्रमुख सचेतक रमेश लेखकद्वारा जारी ह्विपमा उल्लेख छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७