

काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा मनसुन सक्रिय रहेको छ । मनसुन सक्रिय रहँदा देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट जनजीवन प्रभावित बनेको छ । बाढी, पहिरो र डुबानले राष्ट्रिय राजमार्गसहित ग्रामीण सडकमा यातायात प्रभावित हुँदा सहरी भेगमा तरकारीको भाउ आकासिएको पाइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आंकडा अनुसार थोक मूल्यमै पछिल्लो एक सातामा उच्च मूल्य वृद्धि भएको छ । यसले उपभोक्ता मूल्य झनै महँगो बन्न गएको छ । समितिका अनुसार सबैजसो तरकारी र फलफूलको मूल्य बढेको छ ।
सबैभन्दा धेरै मूल्य मुला, च्याउ जस्ता तरकारीमा बढेको पाइएको छ ।ठूलो गोलभेँडा १७ असारका दिन औसत प्रतिकिलो ६६।६७ रुपैयाँमा किनबेच भएको थियो । सोमबार अर्थात २४ असारका दिन यसको मूल्य ११० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
सानो गोलभेँडा लोकल को मूल्य १७ असारका दिन प्रतिकिलो १४.२ रुपैयाँ औसत रहेकोमा आइतबार ५५ रुपैयाँ प्रतिकिलो पुगेको थियो । सोमबार केही घटेर ४४ रुपैयाँ प्रतिकिलोमा झरेको छ ।
स्वास्थ्यबाट थप समाचार
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७