TRENDING

पोर्चुगल र फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । पोर्चुगल र फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा स्लोभेनियालाई हराउँदै पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्कफर्टमा भएको खेलमा निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो । पोर्चुगलका गोलरक्षक डिओगो कोस्टाले तीन पेनाल्टी विफल पार्दा स्लोभेनिया ३–० ले पराजित भएको हो । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

यसअघि भएको अर्को खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराएर क्वाटरफाइनलमा पुगेको हो । डसेलडोर्फमा भएको खेलमा बेल्जियमले गरेको आत्मघाती गोलको मद्यतमा फ्रान्सले जितेको हो ।