

काठमाण्डौ । मलेसियाको जेलमा रहेका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति पिएनसीसी र सेन्टर फर दी स्टडी अफ लेवर एण्ड मोबिलिटी सेस्लामले मलेसियाको डिपोर्टटेसन सेन्टर अर्थात् जेलमा बसी नेपाल फर्केका सात सय ५८ जना नेपाली श्रमिकको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा जेल र डिपोर्टटेसन सेन्टरमा रहेका नेपालीले समयमा कानुनी प्रतिरक्षासमेत नपाएको उल्लेख छ । अध्ययन प्रतिवेदनले डिपोर्टटेसन सेन्टरको अनुगमन र स्थानीय अधिकारीसँग समन्वय बढाउन मलेसियामा रहेको नेपाली दूतावासलाई सुझाव दिएको छ ।
प्रतिवेदनले कूटनीतिक नियोगका लागि श्रम स्वीकृतिको अवधि समाप्ति भएका अलेखबद्ध श्रमिकको लागि पनि कानुनी सहायता उपलब्ध गराउन आवश्यक परेको भन्दै नेपाली श्रमिकको कानुनी प्रतिरक्षाका लागि निर्देशिका लागू गर्न सुझाव दिएको छ ।
मलेसियामा जेल पर्नेमध्ये सबैभन्दा बढी ६१ प्रतिशत कम्पनी छाडेका रहेका छन् । मलेसियाको कानुनअनुसार भिसामा उल्लेख भएकै रोजगारदाता कम्पनीमा काम गर्नुुपर्ने हुन्छ । तर धेरैले राम्रो सेवा सुविधा खोज्दै कम्पनी परिवर्तन गर्ने गर्छन् । कम्पनी छाडेर भाग्दा पासपोर्ट रोजगारदाता वा कम्पनीमै छोडेपछि उनीहरु कागजविहीन हुन्छन् र कानुनी झमेलमा फस्ने गरेका छन् । रोजगारदातासँगको झगडा, विवाद र अन्यत्र बढी कमाइ हुने अपेक्षाले पनि श्रमिकले कम्पनी छाड्ने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७