TRENDING

सुनचाँदीको भाउ बढ्यो

काठमाडौ । सुनचाँदीको भाउ आज बढेको छ । लगातार तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज बढेको हो ।

आज तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलको एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ४० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।