TRENDING

जिप दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका २ नलाङस्थित खिर्रेमा टाटा सुमो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

नलाङ पात्लेबाट खिर्रेतर्फ फर्कदै गरेको ज १ ज ४४४ नम्बरको टाटा सुमो गएराती खिर्रेको एक्लेबर नजिकै सडकबाट तल खसेको हो । दुर्घटनामा नलाङ पोखरी गाउँका ५२ बर्षिय लोक बहादुर गुरुङको मृत्यु भएको छ ।