

काठमाडौ । सोचेझैँ जिन्दगी रैनछ’ गीतबाट चर्चामा आएकी गायिका मधु क्षत्रीको वैवाहिक जीवन समस्यामा परेको छ। गायिका मधुले सामाजिक सञ्जाल टिकटक र फेसबुक लाइभमा बोल्दै आफूमाथि श्रीमान्सहित परिवारले घरेलु हिंसा गरेको बताएकी छन्।
पहिलो श्रीमान्सँग सम्बन्ध विच्छेद भएपछि मधुले दुई वर्षअघि अस्ट्रेलिया बस्दै आएका सुरेश खड्कासँग दोस्रो बिहे गरेकी थिइन्।
तर, आफ्नै गीतझैँ मधुको जीवन सोचेजस्तो हुन सकेन। बिहेपछि सांगीतिक करिअर छाडेर आफ्नी १७ वर्षिया छोरीसहित अस्ट्रेलिया पुगेकी मधु अहिले सामाजिक सञ्जालमा पीडा पोख्न थालेकी छन्।
अस्ट्रेलियमा बुवाआमासँग बस्दै आएका सुरेशले पनि मधुसँग दोस्रो बिहे गरेका थिए। सुरेशका पहिलो श्रीमतीबाट पनि बच्चाहरू छन्। तर, उनीहरू सुरेशसँग भने बस्दैनन्।
मधुको पहिलो श्रीमान्तर्फकी छोरीलाई स्वीकारेर सुरेशले बिहे गरेका थिए। तर, अस्ट्रेलिया पुगेपछि मधु र सुरेशको सम्बन्ध सुमधुर रहेन। आफूसँग बिहेपछि पनि श्रीमान् अरूसँग सम्बन्धमा रहेको मधुको शंका थियो।
सुरेश पनि श्रीमतीप्रति यस्तै शंका गर्न थाले। जसले दुवैको सम्बन्धमा समस्या उत्पन्न हुन थालेको हो।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७