

काठमाण्डौ । सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैअनुसार कोशी, मधेश, बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन् ।
प्रदेश सरकारको बजेटमा पनि कृषि, पर्यटन, शिक्षा,स्वास्थ्य, भौतिक पूर्वाधार मुख्य प्राथमिकतामा पर्ने देखिन्छ । कोशीमा नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतबाट पारित भैसकेको छ । प्रदेशको योजना आयोगले यसअघि आउँदो आर्थिक वर्ष २०८१र०८२ का लागि प्रदेश सरकारलाई ३५ अर्ब १७ करोड ३४ लाखको बजेट सिलिङ तोकेको थियो ।
त्यस्तै मधेश प्रदेश सरकारले बजेटका लागि दिउँसो ४ बजे प्रदेशसभाको बैठक बोलाएको छ । अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा बजेट प्रस्तुत गर्नुहुनेछ । मधेश प्रदेश सरकारले झण्डै ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने गरी तयारी गरेको छ ।
बाग्मती प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । लुम्बिनी प्रदेश सरकारले पनि आज बजेट ल्याउँदैछ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७