TRENDING
होमपेज
काठमाडौँसम्म आइपुग्यो मनसुनको प्रभाव


काठमाडौ । ६ दिनअघि नेपालको पूर्वी क्षेत्रबाट भित्रिएको पानी पार्ने मौसम प्रणाली ‘मनसुन’को प्रभाव काठमाडौँसम्म आइपुगेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसमविद् सरोज पुडासैनीले आज शनिबार बिहानदेखि कोसी प्रदेश, मधेस हुँदै बागमती प्रदेशको काठमाडौँसम्म मनसुनको प्रभाव विस्तार भएको जानकारी दिए।
‘कोसी प्रदेशको पूरै भूभाग, मधेसको जनकपुरदेखि बर्दिबाससम्म, बागमतीको पनि रामेछाप, काठमाडौँसम्म मनसुनको प्रभाव सुरु भइसकेको छ’, उनले नेपालखबरसँग भने, ‘वर्षा नै गराइसकेको त छैन तर बादल आइरहेको छ, आज दिउँसो मधेस र बागमती प्रदेशका पनि केही ठाउँमा वर्षा पनि हुने सम्भावना छ।’
तर मनसुनका कारण वर्षा भइनसकेकाले कोसीबाट मनसुन थप प्रदेशमा प्रवेश गरेको बुलेटिनमार्फत औपचारिक घोषणा गर्न बाँकी रहेको मौसमविद् पुडासैनीको भनाइ छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७