TRENDING

आज यि तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ। तातो हावा तथा तातो लहरको सम्भावना रहेको हो ।