TRENDING
होमपेज
भारतको उत्तराखण्डमा खराब मौसमका कारण ९ जना पदयात्रीको ज्यान गयो


काठमाण्डौ । भारतको उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको खराब मौसमका कारण बाटो बिराउँदा ज्यान गएको छ । उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स ९एसडिआरएफ०ले हिजो शुरुमा पाँच वटा शव फेला पारेको थियो । घटनास्थलबाट पछि थप चार शव फेला पारेको हो ।
एसडिआरएफले उद्धार कार्य पूरा गरेपछि शवहरूलाई हेलिकप्टरमार्फत भटवाडी ल्याइएको छ । मृतकहरू सबै कर्णाटकको बेङ्गलुरुका थिए । उत्तराखण्ड प्रहरीले सहस्त्रताल मार्गमा फसेका पदायात्रीहरूको खोजीका लागि उद्धार कार्य पूरा भएको बताएको छ ।
यो क्रममा १३ जना पदयात्रीको सकुशल उद्धार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआइले जनाएको छ । कर्णाटकका मुख्यमन्त्री सिद्धारमैयाले पदयात्रीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
बैशाख २४, २०८२
लेक लागेर मर्छन् विदेशी पर्यटक
चैत्र १३, २०८१
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७