

एजेन्सी । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग ४ – शून्य गोलले पराजित भएको छ । साउदी अरेबियाको दम्मानमा रहेको प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा यूएईले दुवै हाफमा २–२ गोल गरेको हो ।
यूएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक,एक गोल गरे । अल्मुशरखले खेलको १२औँ र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औँ र अब्बासले ७५औँ मिनेट गोल गरेपछि यूएईले जित हासिल गरेको हो । नेपालले समूह एचमा लगातार पाँच हार बेहोरेको छ ।
यसअघि यूएई विरुद्ध अवे मैदानमा भएको खेलमा पनि नेपाल ४–० गोलले नै पराजित भएको थियो । जितसँगै यूएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँचवटै खेलमा पराजित भएको नेपाल भने अङ्क विहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७