

काठमाडौँ । जलवायु परिवर्तन विश्वव्यापी समस्या बनिरहेका बेला नेपालका हिमाल समेत उच्च जोखिममा परेका छन् । सेताम्मे देखिने हिमालहरू आजकल काला पहाड मात्र देखिन थालेका छन् । हिमालबाट हिउँ हराउँदै जानुमा जलवायु परिवर्तन मुख्य कारक मानिएको छ, जलवायु परिवर्तमा मानवीय क्रियाकलाप जिम्मेवार छन् ।
पछिल्लो समय नेपालका हिमालहरूको हिउँ पग्लिने क्रम बढेको छ । विश्व तापमानमा वृद्धि भएसँगै हिमालको हिउँ पग्लेर हिमपैह्रो जाने, हिमनदी हराउने तथा हिमताल फुट्ने खतरा बढेको छ । यससँगै संसारकै उच्च टाकुरो सगरमाथा समेत हिउँ पग्लेर कालो पहाड मात्र देखिन थालेको छ । सगरमाथा आरोहरण गर्न विश्वभरिका आरोहीहरूको लाम लाग्ने गरेको छ । यसले सगरमाथामा प्रदूषण समेत उत्तिकै बढाएको छ । सगरमाथा चढ्ने लहड चलेका बेला सगरमाथा स्वच्छ राख्ने र हिउँ जोगाउने चुनौती समेत बढेको छ ।
सरोकारवालाहरूले त सगरमाथा आरोहणमा कडाइ गर्नुपर्ने बताउँदै आएका छन् । यसबारे संसददेखि राष्ट्रिय मञ्चहरूमा कुरा उठेको छ । गत सालको असारमा राष्ट्रिय सभामा सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण मापदण्डमा कडाइ गर्न र कानुनमै स्पष्ट व्यवस्था गर्न माग गरेका थिए । सगरमाथामा कुन रुटबाट चढेकालाई मान्यता दिने, कति उचाइमा पुगेपछि चढेको मानिने र प्रदूषण न्यूनीकरणबारे स्पष्ट व्यवस्था गर्न उनको माग थियो । सांसद शेर्पाले पर्यटनले विकास मात्रै नभई विध्वंस पनि निम्त्याउन सक्ने भएकाले सगरमाथा क्षेत्रमा पर्यटकहरूले गर्ने प्रदूषणबारे सरकार गम्भीर छ कि छैन भनी प्रश्न उठाएका थिए ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
लेक लागेर मर्छन् विदेशी पर्यटक
रानीपोखरी अब सबैका लागि खुल्ला
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७