

काठमाडौ । आईसीसी टी ट्वान्टी विश्वकप अघिको नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द भएको छ । स्थानिय समयअनुसार बिहान साढे १० बजे अर्थात नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो ।
टेक्ससको डल्लासमा रहेको ग्रान्ड प्रेरी मैदानमा टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर खेल वर्षाका कारण रद्द भयो । यसअघि नेपाल पहिलो अभ्यास खेलमा गएको सोमवार क्यानाडासँग ६३ रनले पराजित भएको थियो ।
त्यस्तै अमेरिका र बङग्लादेशबीच अस्ति मङ्गलवार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको नवौँ संस्करणको प्रतियोगिता जुन २ तारिख अर्थात पर्सि आइतवारदेखि शुरु हुँदैछ ।
नेपालले पहिलो खेल जेठ २२ गते मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दैछ । टी–२० विश्वकपमा नेपाल समूह ’डी’ मा छ । यो समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङग्लादेश छन् । यस्तै समूह ’ए’ मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् । समूह ’बी’ मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्गल्यान्ड छन् । समूह ’सी’ मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७