

एजेन्सी । भारतमा अत्यधिक गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहार, झारखण्ड र ओडिशामा बिहीवार २७ जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो। गर्मीका कारण २० भन्दा बढी मानिस अस्पताल भर्ना भएका छन्।
बिहारका विभिन्न स्थानमा बिहीवार ४४ डिग्री सेल्यिस तापक्रम मापन गरिएको छ भने ३ जिल्लामा गरी २० जनाको लू लागेका कराण मृत्यु भएको छ। यस्तै झारखण्डको पलामू जिल्लामा ५ जनाको मृत्यु भएको छ भने ओडिशा राज्यमा १० जनाको गर्मीका कारण मृत्यु भएको छ।
भारतको विभिन्न राज्यमा पछिल्लो केहीदिन यता तापक्रम उच्च स्तरमा पुगेको छ। जसका कारण विभिन्न राज्यमा रेड अलर्ट जारी गरिएको छ भने बाहिर काम गर्ने मजदुरहरूलाई गर्मीमा काम नगर्न निर्देशन दिइएको छ।
झारखण्डको पलामूमा बिहीवार ४७ डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ। यस्तै राजधानी दिल्लीमा पनि बुधवार ४२ डिग्री तापक्रम मापन गरिएको थियो भने गुजरातमा ४५ देखि ४६ डिग्री तापक्रम मापन गरिएको छ।
राजस्थानमा गत साता मात्रै ४२ डिग्री तापक्रम पुग्दा गर्मीका कारण ५ जनाको मृत्यु भएको थियो।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७