

काठमाडौं । गायन रियालिटी शो ‘भ्वाइस किड्स’को तेस्रो सिजन जेठ ३२ गतेदेखि हिमालय टिभीमा प्रसारण हुने भएको छ । निर्देशक लक्ष्मण पौडेलले नयाँ सिजन यस महिनाको अन्त्यदेखि दर्शकमाझ आउन लागेको बताए ।
प्रतियोगितामा ४८ जना बालबालिकाले प्रतिस्पर्धा गर्दैछन् । ‘लाखौंबाट हजारौं र हजारौंबाट ४८ जना छनोट भएर प्रतिस्पर्धा गर्दै हुनुहुन्छ,’ निर्देशक पौडेलले भने ।
ब्लाइन्ड अडिसनसँगै शो प्रसारणको थालनी हुनेछ । यो सँगै द ब्याटल, लाइभ शो, सेमीफाइनल र फिनाले तय छन् । साउन ३२ गते हुने फिनालेमा तेस्रो सिजनले विजेता पाउनेछ ।
दुई महिना चल्ने तेस्रो सिजनमा नयाँ विशेषता थपिएको छ । ‘भ्वाइस अफ नेपाल’मा जस्तै यो सिजनदेखि भ्वाइस किड्समा पनि पहिलोपटक कोचलाई ब्लकको अधिकार प्रदान गरिएको छ ।
लाइभ शोमा २४ जनाले प्रवेश पाउनेछन् । साथै, एक जना कोचले ब्याटलमा दुई जनालाई स्टिल गर्न पाउने सुविधा पनि थपिएको छ । यो शोमा प्रमोद खरेल, मिलन नेवार, छेवाङ लामा र मेलिना राई कोचको रुपमा छन् । लामा र राई पहिलोपटक टेलिभिजन रियालिटी शोमा कोचको रुपमा देखिंदैछन् ।
मनोरञ्जनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
अन्नपूर्णले पोतेको खुसीका रङ
‘लाज शरणम्’को ओपनिङ करोड माथि
आगामी मे पहिलो साता युकेमा बुद्धजयन्ती पर्व मनाइँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७