

काठमाडौ । काठमाण्डौ उपत्यकालगायत देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात ‘रेमल’को अप्रत्यक्ष प्रभावका कारण बाग्मती र गण्डकी प्रदेशमा थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै गण्डकीको नवलपुरमा ८ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाकाअनुसार बिहान कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा तथा मधेश र कर्णाली प्रदेशका एकदुई ठाउँमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना छ । कोशी, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७