

काठमाण्डौ । यस वर्षको सगरमाथा आरोहण अन्तिम चरणमा पुगेको छ । केही आरोहीले आउँदो मङ्गलवार आरोहण गर्ने बताए पनि आज बिहानदेखि धेरैजसो समूहको आरोहण सकिएको पर्यटन विभागको आधारशिविर फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभयो । ९० प्रतिशत भन्दा धेरै आरोहीको आरोहण सकिएको उहाँले बताउनुभयो ।
विभागले अस्ति बिहीवारसम्म पाँच सय ७० जना भन्दा धेरैले आरोहण गरेको विवरण सार्वजनिक गरेको थियो । त्यसपछि थपिएका केही आरोहीको विवरण सङ्कलन गर्ने काम भइरहेको गौतमले बताउनुभयो । विभागले मे २९ ताखिरसम्म आरोहणको अनुमति दिन्छ ।
आरोहण सकिने क्रमसँगै आरोहण व्यवस्थापन गर्ने कम्पनीहरुले माथिल्ला शिविरबाट आफ्ना पाल तथा अरु बन्दोबस्तीका समान आधार शिविरमा ल्याउन थालेका छन् । आधार शिविरबाट पनि थुप्रै पालहरु उठाइसकेको विभागले जनाएको छ ।
यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका थिए । उनीहरुमा सहयोगी समेत गरी झण्डै नौ सय जनाले आरोहण गर्ने अनुमान् रहेको र यकिन विवरण यस वर्षको आरोहण सकिएको केही दिनपछि मात्र प्राप्त हुने विभागले जनाएको छ । यस वर्ष आरोहणका क्रममा पाँच जनाको ज्यान गएको छ भने तीन जना हराइरहेका छन् ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
लेक लागेर मर्छन् विदेशी पर्यटक
रानीपोखरी अब सबैका लागि खुल्ला
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७