

काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।
सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी(२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।
बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले पनि खेलाडी परिर्वतनका लागि सहमति दिने जानकारी गराएको थियो ।
तर अमेरिकी दूतावासका अधिकारीले भिसा दिन नसकिने बताएका छन् । अब उनलाई विश्वकपमा पठाउन सरकारले पहल गर्नुपर्ने अध्यक्ष चन्दले बताए । उनले भने, ‘अब खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले पहल गर्नुपर्छ । किनकि यो राष्ट्रकै विषय हो ।’
अनलाइनखबरसँग सम्पर्कमा आएका नेपालस्थित अमेरिकी दूतावासका एक अधिकारीले भने लामिछानेलाई भिसा नदिइनुको कारण खुलाउन अस्वीकार गरे । अमेरिकी कानूनअनुसार भिसासम्बन्धी अभिलेखहरु गोप्य हुने भन्दै उनले भिसाको कुनै केशबारे टिप्पणी नगर्ने बताए ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७