TRENDING

राष्ट्रिय खेलकुद परिषद्को मिसन २०२६ अन्तर्गत पाँच वटा खेल थप

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् राखेपले मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षणका लागि पाँच वटा खेल थप गरेको छ । यसअघि पहिलो चरणमा पनि पाँच खेल समावेश गरिएका थिए । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङकाअनुसार थप गरिएका खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् ।

मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि आयोजित कार्यक्रममा घिसिङले दोस्रो चरणमा ५२ खेलाडी र १० प्रशिक्षकलाई समावेश गरिएको जानकारी दिनुभयो । कबड्डी र भलिबलमा १२–१२, भारोत्तोलन र कुस्तीमा पाँच–पाँच तथा एथलेटिक्समा चार–चार पुरुष र महिला खेलाडीलाई समावेश गरिएको छ ।