TRENDING
होमपेज
काठमाण्डौ महानगरको फोहोर बोक्ने गाडीका चालक रिहा


काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकलाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेका चार जना चालकलाई प्रहरीले रिहा गरेको महानगरपालिकाले जानकारी दिएको छ । महानगरका मेयर बालेन्द्र शाह बालेन ले सामाजिक सञ्जालमा चालकहरू स–सम्मान रिहा भएका जानकारी दिनुभएको छ । साथै उहाँले आफ्ना कोही पनि कर्मचारीलाई अनाहकमा अपमान गरेमा सैह्य नहुने चेतावनी पनि दिनुभएको छ ।
यसअघि प्रहरीले ती चालकलाई पक्राउ गरेपछि बालेनले उनीहरु नछुटेसम्म सिंहदरवार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने घोषणा गर्नुभएको थियो । महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले बञ्चरेडाँडामा फोहोर लिएर गएका गाडीलाई अवरोध सिर्जना भएकाले समस्या आएको बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७