

काठमाडौ । लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी २० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने निश्चित भएको छ।
आईसीसीले सन्दीपलाई टोलीमा राख्न नाम दर्ता गराएसँगै उनी विश्वकप खेल्न जाने भएका हुन्। यसअघि सन्दीपको मुद्दा चलिरहेकाले क्यानले सन्दीपबाहेक १५ सदस्यीय टोली घोषणा गर्दै आईसीसीमा पठाएको थियो। तर केही समयअघि मात्र आईसीसीले सन्दीपको नाम थप्न स्वीकृति दिएपछि क्यानले सन्दीपलाई पठाउने प्रक्रिया सुरु गरेको हो। उनी सम्भवतः शनिबार त्यसतर्फ जानेछन्।
बुधबार उच्च अदालत, पाटनले सफाइ दिएपछि सन्दीपलाई टोलीमा विश्वकप खेल्न पठाउन क्यानले प्रक्रिया सुरु गरेको थियो तर यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी मा सन्दीपको नाम दर्ता नभएकाले उनले विश्वकप खेल्न पाउने वा नपाउने भन्ने निश्चित भइसकेको थिएन।
जिल्ला अदालतले दोषी ठहर गरेलगतै निलम्बनमा परेका सन्दीप झण्डै ५ महिनापछि मैदान फर्किन लागेका हुन्। टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुनेछ। १० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलोपटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ।
टोली अहिले दुवै देशमा अभ्यास खेल खेलिरहेको छ। क्यानले यसअघि आईसीसीमा विश्वकप खेल्ने टोलीका सदस्य परिवर्तन गर्ने समय मे २५ अर्थात् जेठ १२ गतेसम्म छ। क्यानले २०८० पुस २६ गते घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्वकप्तानसमेत रहेका सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७