

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरु ९आरसीबी० ले पञ्जाब किंग्सलाई ६० रनले हराएको छ । जितसँगै बेंगलुरुले प्लेअफको सम्भावनालाई कायमै राखेको छ । गएराति धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । उसका विराट कोहलीले सर्वाधिक ९२ रन बनाए ।
त्यस्तै रजत पटिदारले ५५ रन जोडे । जितका लागि दुई सय ४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा एक ८१ रनमा समेटियो । पञ्जाबका राईली रुस्सोले सर्वाधिक ६१ रन बनाए । अङ्क तालिकामा १२ खेलमा १० अङ्कसहित बेंगलुरु सातौँ स्थानमा छ । पराजित पञ्जाब १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा झरेको छ ।
आईपीएल क्रिकेटमा आज गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स खेल्दैछन् । यो खेल अहमदावादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७