TRENDING
होमपेज
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय


काठमाडौ । सरकारले नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपिषद्को बैठकले आवश्यक प्रक्रिया पूरा गरेर टेलिकमलाई लाइसेन्स दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।
नेपाल टेलिकमको मोबाइल सेवाको २५ वर्षे लाइसेन्सको अवधि आज सकिँदै छ । त्यसअघि मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।
लाइसेन्सको शुल्क कति लिने, अवधि कति हुनेलगायतका सबै विषय दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरण आफैँले तय गर्नेछ । मन्त्रिपरिषद्को निर्देशनपछि प्राधिकरण आफैँले कानुनी व्यवस्थाअनुसार टेलिकमलाई दिने लाइसेन्सको बाँकी काम गर्नेछ ।
टेलिकमको लाइसेन्सको अन्तिम दिन आज भएकाले प्राधिकरणले आज नै टेलिकमलाई नयाँ लाइसेन्स दिन सक्नेछ ।
शिक्षाबाट थप समाचार
एसईईको सबै तयारी सकियो
चैत्र ४, २०८१
स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याइने
माघ १४, २०८१
नेपालमा १० लाख ८१ हजार बालबालिका बालश्रममा
माघ ६, २०८१
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७