TRENDING
होमपेज
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता


एजेन्सी । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको ज्यान गएको छ । ७४ जना बेपत्ता भएका छन् । अस्ति शनिवार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस विस्थापित भएका त्यहाँको स्थानीय प्रशासनले जानकारी दिएको हो । झण्डै ५ लाख मानिस स्वच्छ पानी र बिजुलीविहीन भएर बाँच्न बाध्य भएका छन् । त्यहाँ अझै भारी वर्षाको सम्भावना रहेको बीबीसीले जनाएको छ ।
बाढी र हावाहुरीका कारण झण्डै २ सय ५० वटा शहर प्रभावित भएका छन् । धेरै सडकमा क्षति पुगेको खबरमा उल्लेख छ । केही दिनअघि बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको थियो । फेरि अर्को बाँध फुट्ने खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ । पोर्टो एलेग्रेबाट अन्तर्राष्ट्रिय हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७