

एजेन्सी । फ्रान्सको एउटा विज्ञ समूहले बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन सुझाव दिएको छ । मोवाइल लगायतका प्राविधिक उपकरणका कारण बालबालिकाको समग्र विकासमै असर गरेको गुनासो बढेपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले गठन गर्नुभएको विज्ञहरूको समूहले बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन वा इन्टरनेटको पहुँच हुने कुनै पनि उपकरणबाट टाढा राख्न सुझाव दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
विज्ञ समूहले बुझाएको प्रतिवेदनमा बालबालिकालाई ११ वर्ष नपुगिकन साधारण मोवाइल समेत नदिन र तीन वर्ष नपुगी टेलिभिजनसहित कुनै पनि स्क्रिन नदेखाउन सुझाव दिएको छ । यस्तै प्रतिबेदनले १५ वर्ष नपुग्दासम्म कुनै पनि सामाजिक सञ्जालबाट टाढा राख्न र १८ वर्ष नपुगिकन टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट जस्ता व्यापक बजारीकरण भएका सामाजिक सञ्जाल चलाउन नदिन सुझाव दिएको छ ।
कथा सुनाउने प्रयोजनबाहेक बालबालिकालाई अडियो खेलौना समेत दिन नहुने प्रतिबेदनको सुझाव छ । राष्ट्रपति म्याक्रोँले बालबालिकाको स्क्रिन प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्न आवश्यक सुझाव दिन वैज्ञानिक र विज्ञहरूलाई आग्रह गर्नुभएको थियो । फ्रान्सले बालबालिकाको स्क्रिन समय कम गर्ने प्रयास गरिरहेको छ ।
विज्ञहरुको प्रतिवेदनमा नयाँ प्रविधि बजारमा बालबालिका वस्तु बन्दै गएको भन्दै बालबालिकालाई त्यसबाट बाहिर निकाल्नु आवश्यक रहेको उल्लेख छ । प्रतिबेदनमा बालबालिकाका आमा तथा हेरचाह गर्ने व्यक्तिले पनि फोनको प्रयोग सकेसम्म कम गर्नुपर्ने सुझाव दिइएको छ ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७