

इलाम । इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।
तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए ।
२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपश्चात यो क्षेत्र खाली रहेको थियो । सोही रिक्तता पूर्ति गर्न वैशाख १५ मा उपनिर्वाचन भएको हो । सुहाङ सुवासका कान्छा छोरा हुन् । २०४६ सालमा काठमाडौंमा उनको जन्म भएको हो । उनले कानुन विषय अध्ययन गरेका छन् ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७